प्रशिक्षक मोन्टी देशाइसँगै विश्वकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने दक्षिण अफ्रिका जाँदै

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय क्रिकेट टिम प्रमुख सदस्य लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदैछन् । 

अदालतमा नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका लामिछाने जान पाउने कि नपाउने भन्ने अन्यौलता कायम रहिरहेको बेला अन्ततः प्रशिक्षक मोन्टी देशाइसँगै उनी आज दक्षिण अफ्रिका जान लागेका हुन ।

काठमाडौँ जिल्ला अदालतमा नाबालिग बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाब्वे यात्रा पक्का भएको हो।
अब उनको तारिख २९ असारमा राखिएको छ ।
लामिछानेका कानुन व्यवसायीले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै लामो समयका लागि तारिख तोकिनु पर्ने भन्दै भन्दै निवेदन दिएपछि अदालतले असार २९ को तारिख दिएको हो । जसका कारण लामिछाने अब प्रतियोगिताभर तारिख बुझ्नका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु पर्नेछैन् ।
विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझेपछि त्यसको अर्को साता पेशी तोकेर सुनुवाइ सुरु गरिने गरी अदालतले व्यवस्था मिलाएको छ ।
लामिछाने आज प्रशिक्षक देसाईसँगै  राती २ बजे अफ्रिका जाने बुझिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *