विष्णुदेवी शिक्षा सदनले दोश्रो पटक माग गर्यो कम्प्युटर शिक्षण शिक्षक, तलब नगरको नियमानुसार

Thankot Times

थानकोट ।

खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुने गरी चन्द्रागिरि नगरपालिका-११ सतुगंलस्थित विष्णुदेवी शिक्षा सदन माविले कम्प्युटर विज्ञान शिक्षण शिक्षक माग गरेको छ । विद्यालयले दोश्रोपटक सूचना जारी गर्दै शिक्षक माग गरेको हो ।

करार सेवा पदपूर्ति हुन लागेको सो पदमा कम्प्यूटर विज्ञान विषयमा स्नातक गरेका ४० वर्ष ननाघेका व्यक्तिले जेठ २३ गतेभित्र दरखास्त दिन सक्ने प्रधानाध्यापक बसन्तराज खत्रीले जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *