५० हजार घुस रकमसहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

Thankot Times

थानकोट ।

सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका-५ का वडाध्यक्ष सब्दुल मियाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस रकमसहित  नियन्त्रणमा लिएको छ ।

भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिई गएको टोलीले वडाध्यक्ष मियाँले नियन्त्रणमा लिएको प्रवक्ता भोला दाहालले जानकारी दिए ।
वडाध्यक्ष मियाँले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा रकमसहित मंगलबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *