ठमेलमा कुटपिट हुँदा युवतीको मृत्यु, आरोपित प्रहरी नियन्त्रणमा

Thankot Times

थानकोट।

ठमेलमा एक युवतीको हत्या भएको छ ।

काठमाडौं महानगरपालिका-२६ ठमेल भगवतीबहाल डेरा गरी बस्ने चितवनको राप्ती नगरपालिका-७ की २६ वर्षीया जेनिशा तामाङको हत्या भएको प्रहरीले जनाएको छ ।

हत्या आरोपमा प्रहरीले सोही ठाउँ डेरा गरी बस्ने काभ्रेको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरूबीच आपसी विवादमा झगडा एवं कुटपिट भएको थियो ।

कुटपिटबाट गम्भीर घाइते भएकी जेनिशाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *