आइसिसी टेस्ट च्याम्पियनसिप-२०२३ फाइनल: टस जितेर अष्ट्रेलिया विरूद्ध पहिले फिल्डिङ गर्दै भारत

Thankot Times

थानकोट ।

इंग्ल्यान्डमा आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल सुरू भएको छ। 

उपाधी भिडन्तका लागि मैदान उत्रिएको भारतले अष्ट्रेलियाविरुद्ध टस जितेको छ । स्थानीय द ओभलमा सम्पन्न टसमा भारतका कप्तान रोहित शर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

भारतले आजको खेलमा चार तीव्र गतिका बलरलाई मैदान उतार्दा स्पिनरमा रविन्द्र जडेजालाई मात्रै मैदान उतारेको छ ।

पिच तीव्र गतिका बलर सहयोगी हुँदा भारतले चार प्रमुख तीव्र गतिका बलर खेलाउने निर्णय लिएको हो ।

भारत पहिलो संस्करणको फाइनलमा २०२१ मा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो ।

अष्ट्रेलिया पहिलो पटक टेस्ट च्याम्पियनसिपको फाइनल खेल्दैछ ।

टेस्ट च्याम्पियनसिपको लिग चरणमा अष्ट्रेलिया शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनल खेलका लागि छानिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *