चन्द्रागिरिमा त्रि-नगरस्तरीय ब्याडमिन्टन सुरु

Thankot Times

थानकोट । 

काठमाडौंका तीन वटा नगरपालिका सम्मिलित त्रिनगरस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता मङ्गलबारदेखि सुरु भएको छ ।

चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित मन्डला ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगितामा चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकालीका ए, बी र सी गरी ७८ खेलाडी सहभागी छन् ।

ब्याडमिन्टनमार्फत स्वास्थ्य र आपसी मित्रता कायम गर्ने उद्देश्यले हरेक वर्ष वाषिकोत्सवका अवसरमा प्रतियोगिता गर्दै आइरहेको क्लबका संरक्षक देवेन्द्र प्रधानले जानकारी दिनुभयो । 

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले सरकारले खेलकुदका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएकाले यसलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *