पानी पिउने बित्तिकै धादिङमा मरे १७ वटा बाख्रा
थानकोट ।
धादिङको सिद्धलेक गाउँपालिका-७ भैसेमा रेशम श्रेष्ठले पालेका १७ वटा बाख्रा पानी खाएको क्षणभरमै मरेका छन् ।
बिहीबार बिहान ११ बजे बाख्रा चराएर पानी खान दिएको केही बेरमै मुखबाट फिँज निकाल्दै १७ वटा बाख्रा मरेको बताइएको छ।
रेशमले पालेका ३० मध्ये पानी नखाएका १३ वटा बाख्रा सशुकल रहेका छन् ।
घटनाका सन्दर्भमा जिल्ला पशु कार्यालयका चिकित्सकहरूले अनुसन्धान गरिरहेको खबर छ ।











