टुँडिखेल र खुलामञ्च बीचको बाटोमा राति हिंड्न रोक
थानकोट ।
असुरक्षाको कारण देखाउँदै काठमाडौं महानगरपालिकाले टुँडिखेल र खुलामञ्च बीचको बाटोमा राति हिँड्न रोक लगाएको छ ।
सो बाटो भएर राति ८ बजेदेखि बिहान ५ बजेसम्म आवतजावत गर्न रोक लगाएको महानगरले टुँडिखेल क्षेत्रमा टाँस गरेको सूचनामा उल्लेख छ ।
रातको समयमा उक्त बाटोमा अनैतिक क्रियाकलाप हुने, पैदल यात्रुहरु लुटिने घटना बढेको गुनासो आएपछि सो बाटो बन्द गरिएको महानगरको भनाइ छ ।
‘गैरकानुनी यौन व्यवसाय प्रेरित अनैतिक क्रियाकलाप गर्ने, पैदल हिंड्ने सर्वसाधारणलाई दुःख दिने, झोला, पर्स, कपडाहरु तानिदिने गुनासो आएपछि सुरक्षाका कारणले बाटो नै बन्द गर्नु परेको हो’, महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
प्रतिकात्मक तस्बिर











