जथाभावी सामाजिक सञ्जाल चलाउने प्रहरीलाई विभागीय कारबाहीको चेतावनी
थानकोट ।
प्रहरी प्रधान कार्यालयले मातहतका प्रहरी कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ । यसअघि पटकपटक परिपत्र गर्दा पनि प्रहरी कर्मचारीले फेसबुकमा भिडियो पोष्ट गर्ने, टिकटक बनाउने ट्वीटरमा जथाभाबी कमेन्ट गर्ने लगायतका कार्यहरू गरेपछि यी गतिविधि रोक्न प्रहरी मुख्यालयले चेतावनीसहितको निर्देशन जारी गरेको हो ।
महाशाखाले अख्तियार दुरुपयोग अनुसन्धान अयोगको प्रहरी महाशाखा, प्रहरी प्रधान कार्यालयकै सबै विभाग, ब्यूरो, निर्देशनालय र महशाखा हुँदै सबै प्रहरी कार्यालयहरूमा परिपत्र जारी गरेको छ ।












