यूएईमा रहेको नेपाली दूतावासले प्रत्येक हप्ताको सोमबार मात्रै राहदानीको ‘अपोइन्टमेन्ट’ खुला गर्ने
थानकोट ।
के तपाईँ यूएईमा हुनुहुन्छ र राहदानीको अवधि सकिएर दूतावासबाटै नवीकरण गर्नेबारे सोचिरहनुभएको छ । यदि त्यसो हो भने ढिलो नगरी अपोइन्टमेन्ट लिनुहोस् ।
किनकि आवेदन दिएको एक महिनापछि मात्र तपाईँले दूतावासमा गएर फोटो खिच्ने मिति पाउनुहुन्छ । दूतावासले प्रत्येक हप्ताको सोमबार बिहान ११ बजे राहदानी आवेदनको फारमका लागि अपोइन्टमेन्ट खोल्ने गरेको छ । प्रत्येक हप्ताको सोमबार बिहान ११ बजेभन्दा बाहेक अरू दिन र अरू समयमा आवेदन दिन खोज्दा सिस्टमले दिनेछैन् ।
यसरी तोकिएको दिनमा तोकिएको समयमा अनलाइन सिस्टमबाट अपोइन्टमेन्ट लिँदा एक महिनापछिको समय पाइन्छ ।
राहदानीको अवधि १ वर्षभन्दा कम भएकाहरूले नयाँ राहदानीको लागि आवेदन दिन सक्छन् ।
यसअघि एमआरपी भएकाहरूले नवीकरण गर्दा भने विद्युतीय राहदानी नै पाउँछन् ।
दूतावासबाट राहदानीको आवेदन दिँदा कार्यालयमा उपस्थित भएर फोटो खिचाएको एक महिनाभित्र राहदानी हात पर्ने राहदानी विभागले जनाएको उज्यालो अनलाइनमा खबर छ।











