७० हजार रुपैयाँ घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

Thankot Times

थानकोट ।

७० हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र रहेका छन् ।

उनीहरूलाई ७० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएकाे आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

उनका अनुसार वडाध्यक्ष यादव र वडासचिव मिश्रलाई सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *