मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु
थानकोट ।
मकवानपुरको बकैयामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
बुधबार दिउँसो करेन्ट लागेर बकैया-८ गोठडाँडाका २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार करेन्ट लागेर स्थानीय ६० वर्षीय खर्क बहादुर थिङ र सोही ठाउँका ५० वर्षीय पूर्ण बहादुर लोको मृत्यु भएको हो ।
स्थानीय जित बहादुर बम्जनको मकै बारीमा विद्युतको नाङ्गोतारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्ट लागेका दुवैको घटनास्थलमै मृत्यु भएको प्रवक्ता कार्कीले बताए ।












