काठमाडाैं महानगरले रिङराेडभित्र पर्ने टिकट काउन्टरका बाेर्ड हटाउने

Thankot Times

थानकोट । 

काठमाडाैं महानगरपालिकाले आज असार १ गतेदेखि महानगरपालिकाभित्रका रिङरोडभित्र पर्ने टिकट काउन्टरका बोर्ड हटाउने भएको छ ।

हिजो बिहीवार महानगरपालिकाले आज शुक्रबारदेखि महानगरपालिकाभित्रका रिङरोडमा रहेका टिकट काउन्टरका बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले जानकारी दिनुभयाे । उहाँले उपयुक्त ठाउँहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाका लागि कार्यदल गठन गर्ने निर्णय भएको पनि बताउनुभयो । उहाँले यात्रु बीचमा चढाउने तथा ओराल्ने विषयमा त्यही कार्यदलले ठाउँ तोक्ने निर्णय भएको बताउनुभयो ।

महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा श्रेष्ठ, उपत्यका ट्राफिक प्रहरी कार्यालय, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्र.लि सदस्य रहेका छन् । 

काठमाडाैं महानगरका मेयर बालेन्द्र शाहकाे उपस्थितिमा वैशाख २९ गते बसेको बैठकले यो निर्णय गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *