काठमाडाैं उपत्यका बाहिर जाने सवारी साधन आजबाट नयाँ बसपार्कबाट मात्रै छुट्ने

Thankot Times

थानकोट ।

 काठमाडौँ महानगरपालिकाबाट बाहिर जाने सवारी साधन आजदेखि नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् । 

काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोङ्गबुबाट मात्रै छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएसँगै आजदेखि लागु भएको हो ।

‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गते देखी नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न सूचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’

महानगरले चेतावनी दिँदै भनेको छ ‘सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

notice


Leave a Reply

Your email address will not be published. Required fields are marked *