दक्षिणकालीमा भिरबाट खस्दा दुुई जना बालकको मृत्युु

Thankot Times

थानकोट । 

दक्षिणकाली नगरपालिका वडा नं. ५ माथिल्लो बस्तिस्थित रक क्लाईमिङ भिरबाट खस्दा दुुई बाललको मृत्यु भएको छ ।

शनिबार दिउँसो १ बजे आफ्नो अभिभावकसँग गोठालो जाने क्रममा भीरबाट करिब ६० फिट तल खस्दा उनीहरूको खसेर मृत्यु भएको प्रहरी वृत्त कीर्तिपुर इन्चार्ज डि.एस.पी राजु लामाले जानकारी दिनु भयो ।

दुुवै बाललको टाउकोमा गहिरो चोट लागेको बताइएको छ। मृत्यु हुनेहरूमा ६ वर्षका दिप्शन राईको आगाडि निधारमा गहिरो चोट लाग्दा मस्तिस्क समेत बाहिर निस्किएको छ भने अर्का मृतक १० वर्षका सुुभम तामाङको पनि निधारमा गहिरो चोट लागेको देखिएको छ ।

दुवै बालकको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको डि.एस.पी लामाले जानकारी दिनुभयो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *