चन्द्रागिरिका लक्षित वर्गका लागि इन्डक्सन चुल्हो

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाले नगरका सबै वडाको प्रतिनिधित्व रहने गरि लक्षित वर्गका लागि व्यवहारोपयोगी सामाग्री हस्तान्तरण गरेको छ । 

नगरपालिकाले महिला ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला, विपन्न दलित महिलाहरूका लागि वातावरणकुलित विद्युतीय चुल्हो वितरण गरेको हो ।

वातावरण प्रदुषण घटाउन सहायता पुग्ने अपेक्षासहित सो सामाग्री हस्तान्तरण गरिएको र सो कार्यक्रमबाट नगरका हरेक वडाबाट ३-३ जनाका दरले ४५ जना लाभान्वित भएको नगरको सामाजिक विकास शाखाले जनाएको छ।

अमेरिकी सहयोग नियोग यूएसएडको स्वच्छ हावा अभियानसँगको सहकार्यमा फोहोरबाट मोहर उद्यमशीलता तालिम कार्यक्रम समापनका क्रममा सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा नगरले आइतबार ती सामाग्री हस्तान्तरण गरेको प्रवक्ता कृष्णप्रसाद खड्गीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *