कलंकीमा जुवातासमा रमाइरहेका ओमनाथ गिरीसहित ६ जना समातिए

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने कान्छी माया तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा झापा घर भई काठमाडौं बल्खु डेरा गरी बस्ने ४० वर्षीय ओमनाथ गिरीसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ९ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *