कतै यात्रा गर्दै हुनुहुन्छ ? साथमा छाता वा वर्षादी बोक्न नभुल्नुहोला
थानकोट ।
माैसम पूर्वानुमान महाशाखाले हाल देशका विभिन्न भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा आज वर्षाको सम्भावना रहेको छ ।
साथै अहिले बिहान मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित कोसी र बागमती प्रदेशका तराईका भू-भागमा सामान्य बदली रहेको छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी र वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आजन राति कोसी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
भारी वर्षा, मेघगर्जनसहित चट्याङ, बाढी-पहिरो, भू-क्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।
हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।
बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको प्रभाव रहेको छ ।












