कतै यात्रा गर्दै हुनुहुन्छ ? साथमा वर्षादी वा छाता बोक्न नभुल्नुहोला, आज देशैभर पानी पर्ने सम्भावना

Thankot Times

थानकोट ।

माैसम पूर्वानुमान महाशाखाले हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ । मुलुकका बाँकी भू-भागमा  उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली  रही सबै प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

आज राति सातै प्रदेशको एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षासँगै बाढी र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *