बसाइँ सरेर आउनेलाई पालिकाले घर उपहार दिने

Thankot Times

थानकोट ।

बसाइँ सराइँ गरेर आउनेलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर उपहार दिने नीति अघि सारेको छ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रममार्फत् दुर्गम भेगबाट बसाइँसराइँगरी अन्यत्र जाने प्रवृत्तिलाई निरूत्साहित गर्न अन्यत्रबाट गाउँपालिका आउनेलाई घर उपहार दिने कार्यक्रम ल्याएको हो।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ‘घर उपहार’ नीति अघि सारेका हुन्।

‘गाउँपालिकाका दुर्गम भेगहरूबाट बसाइँसराइँ भई सुगम पालिकाहरूमा जाने प्रवृत्तिलाई निरूत्साहित गरी अन्यत्र गाउँपालिकाभित्रबाट बसाइँ सरी आउने आकर्षित गर्न सुन्दर समाज, हाम्रो सार, बसाइँ सरी आउनेलाई घर उपहार कार्यक्रम सञ्चालन गरिनेछ,’ नीति कार्यक्रममा भनिएको छ।

घरको स्वरूप र बनोटबारे कार्यविधि बन्न बाँकी रहेको पनि बताइएको छ।

त्यस्तै उसले विपद्को दृष्टिकोणले जोखिमयुक्त मानिएका खरको छानोको प्रतिस्थापन गर्ने नीति लिएको छ।

सरकारी वा संस्थागत अनुदानबाट निर्मित तथा निजी घरहरूमा एकै रंगको रंग लगाएर गाउँपालिकाको पहिचान कायम गर्ने समेत नीति ल्याएको छ।

त्यसका लागि हरेक घरको एउटै रंग, सुन्दर शान्त राक्सिराङ कार्यक्रम अघि सारेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *