कलंकीबाट प्रहरीको फन्दामा परे अनलाइन क्यासिनो खेलाउने समूहका सदस्य

Thankot Times

थानकोट ।

अनलाइन क्यासिनो खेलाउने समूहलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार राति उनीहरुलाई कलंकी, ठमेल र बालाजु हाइटबाट नियन्त्रणमा लिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

राजा चौधरीले केही समयदेखि अनलाइन ग्याम्लिङ खेलाइरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले राजा चौधरी, विवेक चौधरी, रितेन्द्र प्रधान र आशा गुरुङलाई पक्राउ गरेको हो।

राजाले फेसबुकमा विभिन्न एकाउन्ट बनाई अनलाइन ग्याम्बिलङ र सट्टेबाजी समेत गरेको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *