भुक्तानी प्रकृया सरल बनाउन चन्द्रागिरिका सबै वडामा लेखा समूहका कर्मचारी राखिँदै
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्षबाट योजनाका भुक्तानीमा सरलता ल्याउने भएको छ।
स-साना योजनाका भुक्तानीका लागि समेत सेवाग्राहीहरूको नगरपालिकासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै नगरले भुक्तानी प्रकृयामा सरलता ल्याउन लागेको बताइएको छ ।
नगरप्रवक्ता कृष्णप्रसाद खड्गीका अनुसार आगामी आर्थिक वर्षबाट नगरका सबै १५ वटै वडाहरूमा लेखा समूहका कर्मचारीको व्यवस्थापन गरी कार्यसम्पादन हुनेछ ।
सो विषय नगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश भएको छ ।












