अब रत्नपार्कबाट चेकपोष्ट हुँदै गोदाम-चुनिखेलसम्म सार्वजनिक यातायात सञ्चालन हुने
थानकोट ।
थानकोट-चन्द्रागिरि नगर यातायातले अब रत्नपार्कबाट थानकोट चेकपोष्ट हुँदै गोदाम चुनिखेलसम्म सेवा दिने भएको छ ।
यस रूटमा गुड्ने यात्रुबस अब रत्नपार्कबाट चेकपोष्ट हुँदै केबलकार चाेक- गोदामस्थित नगर प्राथमिक अस्पताल हुँदै चुनिखेलसम्म पुग्नेछ
सो यातायातका अध्यक्ष मन्जय प्रकाश श्रेष्ठका अनुसार असार १३ गते बुधबारबाट सो रूटमा यातायात सञ्चालन हुनेछ ।
हाल सो यातायातले थानकोट-रत्नपार्क रूटमा सेवा दिइरहेको छ ।













