चन्द्रागिरिमा सम्भव समुहकाे आयाेजनामा ‘पदयात्रामा कविता’ सम्पन्न

Thankot Times

थानकोट ।

सम्भव समुहद्वारा आयाेजित ‘पदयात्रामा कविता’ सम्पन्न भएको छ । चन्द्रागिरि चेकपोस्टबाट पदयात्रा सुरु गर्दै चन्द्रागिरि हिलमा पुगेर कविता वाचन तथा टिप्पणी कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा कविहरु सुरज राना,राज एकान्त र मन्जुल मिथाेचले कविता प्रस्तुत गरेका थिए भने कविता माथि कवि सन्जित फलानाले टिप्पणी राखेको थिए । कार्यक्रममा अतिथि कविकाे रुपमा कवि भुमिका थारुले कविता प्रस्तुत राखेका थिए ।

कार्यक्रम दुई चरणमा गरि सम्पन्न गरिएको थियो । पहिलाे र दाेश्राे चरण गरि प्रत्येक कविले ४/४ वटा कविता वाचन गरेका थिए ।

कार्यक्रममा कवि मन्जुल मिथाेचले ‘प्लेक्आस’, झण्डाकाे मान्छे’, ‘असम्भव’ र ‘पहाडमा राताे पाेखरी कविताहरु वाचन गरेका थिए भने कवि राज एकान्तले ‘घाम’, ‘युवा’, ‘तिमी सहर पसेपछि’ र ‘छापामारकाे गीत’ शिर्षकका कविताहरू प्रस्तुत गरेका थिए ।

त्यसैगरी कवि सुरज रानाले ‘बन्दुकले कविता लेख्न थाल्छ’, ‘अक्षरहरु’, ‘ओ बाहुनी’, परिवर्तन शिर्षक का कविताहरु वाचन गरेका थिए ।

कवितामाथि टिप्पणी गर्दै सन्जित फलानाले तीनजना कविहरूको कवितामा तीन फरकफरक स्वाद पाइएनुका साथै तीन फरक स्वादका कविताहरूको राम्रो फ्युजन भएको बताए ।

टिप्पणीकाे क्रममा टिप्पणीकर्ता सन्जितले कवि सुरज रानाको कवितामा प्रतिरोधी चेत पाइएको बताए । त्यस्तै कवि राज एकान्तको कविताहरूमा प्राकृति सौन्दर्यको बिम्बहरूलाई मीठो तरिकाले बुन्दै कोमल र फाइन कविता भएको उल्लेख गरे । कवि मन्जुल मिथोचका कविताहरू पहिचानको मुद्दामा केन्द्रित भएर सशक्त कविता लेखिएको नेपाल मामिलामा खबर छ ।

समुहका सदस्य उत्तम तुम्सा लिम्बूकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम समुहका सदस्य युग सर्वनामले सञ्चालन गरेका थिए ।

सत्ता, शासक, अहम, निषेध र स्वार्थकाे भीडलाई आफ्नाे पैताला मुनि राख्दै बरु प्रकृतिकाे काखमा कविता सुनाउनु उपयुक्त हाेला भन्ने बिम्बात्मक प्रतिराेधकाे लागि याे कार्यक्रम देशकाे राजधानीकाे काँधमा गरिएको समुहको भनाइ छ।

एउटा कवि भन्दा सत्ता, शासक, निषेध र स्वार्थकाे भीड निकै तल हुन्छ भन्ने विम्बात्मक अर्थ रहेको पनि आयाेजकले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *