एसीसी यू-१६ इस्ट जोन कप: उपाधिका लागि आज नेपाल र मलेसिया भिड्दै, ह्याट्रिक मुडमा नेपाल
थानकोट ।
एसीसी यू-१६ इस्ट जोन कपको फाइनल खेलमा आज नेपाल र घरेलु टाेली मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
स्थानीय बायोमास ओभल क्रिकेट मैदानमा फाइनल हुने फाइनल खेल नेपाली समय अनुसार बिहान ७ः १५ बजेबाट सुरु हुनेछ ।
यहि उमेर समुहमा नेपालले यसअघि दुई वटा उपाधि हासिल गरिसकेको छ ।
आज पनि नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न उद्देश्यसहित मैदानमा उत्रन लागेको हो ।
यसअघि साेमबार भएको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रनले हराएर फाइनलमा पुगेको हो भने हङकङलाई ७८ रनले हराउँदै मलेसिया नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।













