पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २ सय सवारी चालक कारबाहीमा

Thankot Times

थानकोट । 

 ट्राफिक नियम उल्लङ्घनको आरोपमा २ हजार बढी सवारी चालक कारबाहीमा परेका छन् । 

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २०३ सवारी साधन र चालक कारबाहीमा परेका छन् । 
जसअनुसार मापसेमा ६९, लेन उल्लङ्घनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारबाहीमा परेका छन् ।
यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७  र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *