चन्द्रागिरि नगरसहितका जनप्रतिनिधिहरूले भोलि शुक्रबार सिंहदरबार घेर्दै, यस्तो छ कारण

Thankot Times

थानकोट ।

स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि (शुक्रबार) मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार घेर्ने कार्यक्रम बनाएका छन् । 

नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाका अनुसार सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको विरुद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेका हुन् । 

सरकारले स्थानीय तहलाई ५०  प्रतिशत  अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए ।

त्यसका लागि नगरपालिका संघले बिहीबार उपत्यकामा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौँमै बस्न र शुक्रबार १० बजेसम्म देशभरिका स्थानीय तहका जनप्रतिनिधिलाई काठमाडौं आउन आह्वानसमेत गरेको छ ।

यसैबीच बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले  स्थानीय तहमा कटौती गरेको वित्तीय सम्मानीकरण अनुदानको रकममध्ये ४० प्रतिशत रकम हस्तान्तरण गने निर्णय गरेको छ ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *