आफ्नै मोबाइलमा पढ्नुहोस् चन्द्रागिरि एकीकृत खानेपानी सम्बन्धी ऐन, २०८० को पूर्णपाठ
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८० पारित भएसँगै यसको पक्ष र विपक्षमा तर्क वितर्क भइरहेका छन् ।
नगरप्रमुख घनश्याम गिरीले भने सो ऐनका सन्दर्भमा बुधबार भिडियो सन्देश मार्फत थप प्रष्ट पार्नुभएको छ ।
उता खानेपानी तथा सरसफाई उपभोक्ता समिति सम्बद्ध पक्षले भने चरणबद्ध रूपमा असन्तुष्टि प्रकट गरिरहेको छ । बिहीबार चन्द्रागिरि नगरमा क्रियाशील करिब २ दर्जन खानेपानी तथा सरसफाई उपभोक्त समितिका पदाधिकारी तथा हजाराैं उपभोक्ताहरूले नगरप्रमुख समक्ष विरोध पत्र बुझाउँदै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले सो विधेयक खानेपानी तथा सरसफाई उपभोक्ता समिति तथा उपभोक्ताहरूको हितमा नरहेको बताउँदै सो खारेजीको माग समेत गरेका छन् ।
एकीकृत खानेपानी ऐनको विरोधमा चन्द्रागिरिमा र्याली, नगरप्रमुखलाई बुझाइएको विरोधपत्रमा के छ ?
कतिपयले सो ऐनमा के विषयवस्तु समावेश भएका छन् अझै अन्योलमा रहेको समेत बताइरहेका छन् ।
यस्तो छ चन्द्रागिरि नगरपालिकाको पारित भएको एकीकृत खानेपानी तथा सरसफाई व्यवस्थापन सम्बन्धी ऐन, २०८० को पूर्णपाठः













