मध्यरातमा मकवानपुरमा भयानक सवारी दुर्घटना, जलेर तीन जनाको मृत्यु

Thankot Times

थानकोट । 

मकवानपुरको मनहरि गाउँपालिकामा दुईवटा ट्रक ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

शनिबार बिहान करिब १ः४५ बजेको समयमा मनहरि-६, नयाँ बस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएर दुर्घटना भएको हो ।

मकवानपुर प्रहरी प्रमुख एसपी वामदेव गौतमका अनुसार दुर्घटनामा ना ६ ख ६६६७ नम्बरको ट्रकका चालक चितवन, राप्ती-८ का २८ वर्षीय रिहान रुम्बा तामाङ र सहचालक गोरखा जिल्ला गण्डकी-२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ तथा ना ६ ख ६३१ नम्बरको ट्रकका सहचालक मकवानपुर मनहरि-३ का २० वर्षीय अमृत प्रजाको मृत्यु भएको छ ।

हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना.६ ख ६३१ नम्बरको ट्रक ठक्कर खाएर दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको थियो ।

दुर्घटनामा ६६६७ नम्बरको ट्रकमा सवार चितवन राप्ती–३ का ३५ वर्षीय विवेक तामाङ र ६३१ नम्बर ट्रक लक मनहरि–३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *