पूर्व राजाको जन्मोत्सवका अवसरमा अनाथ बालबालिकाहरुलाई सहयोग

Thankot Times

थानकोट ।

राष्ट्रिय युवा मोर्चाका केन्द्रीय उपाध्यक्ष समाजसेवी युवा नेता दिक्पालजंग थापाद्वारा पूर्व राजा ज्ञानेन्द्र शाहको ७७ औं जन्मदिनको अवसर पारेर असहाय तथा अनाथ बालबालिकालाई सहयोग गरेका छन् ।
ललितपुरको भैसेपाटीस्थित असहाय तथा अनाथ बालबालिका संरक्षण फाउण्डेशन नेपाललाई थापाले दाल चामल चिनी, तेल र चाउचाउ लगायतका सरसामान सहयोग गरेका हुन् ।

शनिबार आयोजित एक कार्यक्रममा मोर्चाका उपाध्यक्ष तथा समाजसेवी थापाले फाउण्डेसनकी सुपरभाइचर कल्पना पराजुलीलाई सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
थापाले सहयोग सामाग्री हस्तान्तरण गर्दै असहाय तथा अनाथ बालबालिकाहरुलाई मनैदेखि सहयोग गरेको बताए। उनले राजनीति पनि एउटा समाज सेवा भएको विचार राख्दै समाजसेवा गर्न पाउँदा आनन्द लाग्ने प्रतिक्रिया दिए ।
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य निराजन थापा, राप्रपा ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन,राप्रपा मोर्चा अध्यक्ष कैलाश कटुवाल, राप्रपा ललितपुर जिल्ला मोर्चा अध्यक्ष सरोज महर्जनलगायतको सहभागिता थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *