कार्यालयको काम रातिसम्म गरेको भन्दै वडा सदस्यले धम्क्याएको कर्मचारीहरुको आरोप

Thankot Times

थानकोट ।

बर्दिया जिल्लाको गेरुवा गाउँपालिका–५ का वडा सदस्य वीरेन्द्रबहादुर शाहले आफूहरुलाई रातिसम्म काम गरेको भन्दै धम्क्याएको आरोप सो पालिकाका कर्मचारीहरुले लगाएका छन् ।

महालेखा नियन्त्रक कार्यालयले जारी गरेको सूचना अनुसार असार २४ गते राति १२ बजेभित्र चालु आर्थिक वर्षको लेखासम्बन्धी काम सक्नुपर्ने भएकाले राति अबेरसम्म काम गरिरहेको बेला वडा सदस्य शाहले गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएको कर्मचारीहरुको आरोप छ ।

सो गाउँपालिकाका कर्मचारीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै वडा सदस्य शाहले कार्यालयमा तोडफोड गर्नुका साथै ज्यान मार्ने धम्की दिएको जनाएका हुन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानासँग यसबारे जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले सामान्य विवाद भएको बताउँदै घटनाबारे आफूले छलफल गरिरहेको रातोपाटीलाई बताए ।  आरोपित वडा सदस्य शाहसँग यसबारे प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा उनको मोबाइल ‘अफ’ थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *