सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीमाथि काठमाडाैं महानगरको एक्सन !

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ । 

‘अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । हाम्रा व्रिफिङमा अभद्र व्यवहार नगर्न भनेका छौँ । यसका साथै जनस्तरबाट आएका गुनासाहरुको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गर्ने गरेका छौँ ’ पाण्डेको भनाइ छ । 

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *