सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, १ को अवस्था अज्ञात
थानकोट ।
मंगलबार बिहानबाट सम्पर्क विहिन रहेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।
लिखुपिके गाउँपालिका-५ स्थित लम्जुराडाँडामा हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले बताए ।
मनाङ एयरको ९-एन-एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनास्थलमा नेपाल प्रहरीका सहायक निरिक्षक निराजन बस्नेत नेतृत्वको टिम पुगेको छ । दुर्घटनास्थलमा ५ जनाको शव फेला परेको डिआइजी बास्तोलाले बताए ।
सोलुबाट कठमाडौँका लागि उडेको हेलिकप्टर ‘रुखमा ठोक्किएर’ दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।
शव जलेको अवस्थामा भेटिएको छ ।
हेलिकप्टरमा सवार एकजनाको अवस्था अज्ञात छ ।












