ठाउँ ठाउँमा बिहानैबाट वर्षा, सतर्क रहन माैसम पूर्वानुमान महाशाखाको अनुरोध

Thankot Times

थानकोट ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भू-भागमा आज वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोसी,  वाग्मती तथा गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ ।

सुनसरी र मोरङमा भारी वर्षा भइरहेको छ । सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा, कानेपोखरी र आसपासका क्षेत्रमा ठूलो वर्षा भएको बाढी पूर्वानुमानविभागले जनाएको छ ।

सुनसारी खोला, लोहन्द्रा खोला, चिसाङखोलालगायत आसपासका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुवान हुनसक्ने विभागले जनाएको छ । बिहान ११ बजेसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोसी  र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *