गोलभेंडाको भाउ आकासिएपछि आफैंले प्रतिकिलो १४४ रुपैयाँमा बेच्दै भारत सरकार
थानकोट ।
गोलभेंडाको मूल्य अध्यधिक बढी भएको अवस्थामा भारत सरकारले सर्वसाधारणलाई राहत दिन आफैं गोलभेंडा बेच्ने कदम चालेको बताइएको छ
गोलभेंडाको बढ्दो खुद्रा मूल्यलाई रोक्न खाद्य मन्त्रालयको उपभोक्ता मामिला विभागले पहिलो पटक प्रतिकिलो १४४ नेपाली रुपैयाँ सहुलियत दिएर गोलभेंडा बिक्री गर्ने निर्णय गरेको हो ।
सरकारको यही हस्तक्षेपका कारण गोलभेंडाको थोक मूल्य घटेको हो ।
योसँगै भारत सरकारले अहिले देशका ५ सयभन्दा बढी बिन्दुको पुनर्मूल्याङ्कन गरेको छ । त्यसपछि अवस्थालाई हेरेर आइतबारदेखि प्रतिकिलो १२८ रुपैयाँमागोलभेंडा बिक्री गर्ने निर्णय गरेको छ ।
एनएएफइडी र एनसीसीएफ मार्फत बिक्री आजदेखि दिल्ली, नोएडा, लखनऊ, कानपुर, वाराणसी, पटना, मुजफ्फरपुर र आराका विभिन्न विन्दुहरूमा सुरु भएको छ। भोलिदेखि थप सहरहरूमा बिक्री विस्तार गरिने जनाइएको छ।
भारतमा गत एक महिनामा गोलभेंडाको खुद्रा मूल्यमा ह्वात्तै वृद्धि भएको थियो । अहिले भारतमा गोलभेंडा प्रतिकिलो ४८० रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । यस्तो अवस्थामा सर्वसाधारणलाई राहत दिन प्रमुख उपभोक्ता केन्द्रमा सुपथ मूल्यमा गोलभेंडा बिक्री गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको हो ।
एनडीटिभी इन्डिया












