खानेपानी समस्या समाधान गर्न सात दलको माग

Thankot Times

थानकोट ।

सात राजनीतिक दलले वीरगन्ज महानगरपालिकामा रहेको खानेपानीको समस्या समाधान गर्न सरकार समक्ष माग गरेका छन् ।

वीरगन्जमा सम्पन्न राजनीतिक दलको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा खानेपानी समस्या तत्काल समाधान गर्न सरोकारवाला निकायसँग माग गरिएको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै खानेपानी समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको हो ।

खानेपानी समस्याका विषयमा सबै तहका सरकारको ध्यानाकर्षण गराई यथाशक्य छिटो समाधान गर्न ध्यानाकर्षण गराउने बैठकमा निर्णय भएको जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका पर्सा सभापति जनार्दनसिंह क्षेत्री, जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादव, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य छोटेलाल यादव, नेकपा एकीकृत समाजवादीका पर्सा अध्यक्ष बालगोपाल थापा, जनमत पार्टीका उमाशङ्कर गुप्ता, राप्रपाका शम्भु गिरी, नागरिक उन्मुक्तिका राजकुमार ओझैया लगायतको उपस्थिति थियो ।

प्रतिकात्मक तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *