बागमती प्रदेशमा गाडी भाडा ३.२० प्रतिशतसम्म घट्ने

Thankot Times

थानकोट ।

बागमती प्रदेशभित्र सञ्चालन हुने सवारीसाधनको भाडा घट्ने भएको छ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यतायातको भाडा समायोजन प्रस्ताव मुख्यमन्त्री कार्यालयमा पठाउन लागेको मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिए।
मुख्यमन्त्री कार्यालयबाट प्रस्ताव स्वीकृत भएपछि नयाँ भाडा दर राजपत्रमा प्रकाशित हुनेछ ।

गाडी भाडा २.३० प्रतिशतदेखि ३.२० प्रतिशतसम्म घटाउने प्रस्ताव गरिएको उनले जानकारी दिए।

अरू गाडीको भाडा घटे पनि ट्याक्सीको भने तत्काल कुनै निर्णय भएको छैन्।

ट्याक्सी भाडा समायोजन गर्न सरोकारवाला निकाय, व्यवसायीसँग छलफल गरिने मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *