आज साउने सोमबार, चन्द्रागिरिका २ स्थान विष्णुदेवी र भालेश्वरमा विशेष आरती हुँदै

Thankot Times

थानकोट ।

साउने सोमबारको अवसर पारेर देशभरका प्रमुख तीर्थस्थलहरूमा झैं चन्द्रागिरि नगरका २ वटा तीर्थस्थलहरूमा पनि विशेष आरती हुँदैछन् ।

चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्र तथा चन्द्रागिरि नगरपालिका ४ भालेश्वरमा विशेष आरती गरिने बताइएको छ ।

चन्द्रागिरि नगरपालिका १५ तीनथानास्थित विष्णुदेवी मन्दिर क्षेत्रमा गत सोमबार पनि सन्ध्याकालीन विशेष आरती गरिएको थियो सो क्रममा सांसद् कृष्णगोपाल श्रेष्ठ लगायत उपस्थित थिए ।

सो क्षेत्रमा आज साँझ ५ः३० बजे शीव गंगा आरती हुने विष्णुदेवी क्षेत्र संरक्षण समितिले जनाएको छ ।

यसैगरी आज साँझ चन्द्रागिरि डाडाँस्थित भालेश्वर मन्दिरमा विशेष आरती हुने चन्द्रागिरि हिल्सले जनाएको छ।

गत सोमबार भालेश्वर मन्दिरमा विशेष आरती हुँदा सांसद् राजेन्द्रकुमार केसी लगायत पुगेका थिए ।

वर्षा र हुस्सुसँग लुकामारी खेल्दै चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा विशेष आरती (तस्बिरहरू)


Leave a Reply

Your email address will not be published. Required fields are marked *