पोशाकको नियम यातायात व्यवसायी महासंघले नमान्ने
थानकोट ।
यातायात व्यवसायी महासंघले यातायात श्रमिकलाई अनिवार्य गरिएको पोशाकको नियम नमान्ने घोषणा गरेका छन् ।
सरकारले मापदण्ड नबनाई यस्तो व्यवस्था लागू गरेको महासंघको दाबी छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाल यातायाता व्यवसायी राष्ट्रिय महासंघले यस्तो व्यवस्था सच्याउन र तत्काल देशभर एकै प्रकारको मापदण्ड तयार गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
सोमबार भौतिक पूर्वाधार तथा यातायाता व्यवस्था मन्त्री प्रकाश ज्वालाले यातायात श्रमिकलाई अनिवार्य पोशाक र परिचय पत्र कार्यक्रमको सुरुवात गरेका थिए ।












