‘चन्द्रागिरि अनुशीलन’ बजारमा आउँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगर क्षेत्रको सांस्कृतिक खोजमूलक लेखहरुको सङ्गालो ‘चन्द्रागिरि अनुशीलन’ बजारमा प्रकाशित हुने भएको छ ।

चन्द्रागिरि सांस्कृतिक अध्ययन समूहको संयोजकत्वमा तयार भएको सो पुस्तक निकट भविष्यमा नै प्रकाशन हुने सो समूहका सदस्य भीमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पुस्तकमा चन्द्रागिरि नगरका सांस्कृतिक पक्ष समेटिएको बताइएको छ ।

तेजप्रकाश श्रेष्ठ, भीमनारायण श्रेष्ठ र रवीन्द्र रिजालको सम्पादकत्वमा तयार भएको सो पुस्तक चन्द्रागिरि साहित्य समाज, थानकोटबाट प्रकाशित हुन लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *