चित्लाङ जाँदै गरेको भ्यान सेतो पहरा नजिक भीरबाट खस्यो, २ जनाको मृत्यु, उद्दार कार्य जारी

Thankot Times

थानकोट ।

थानकोटबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटना भएको छ।

शुक्रबार मध्यान्ह थानकोट-चित्लाङ सडकअन्तर्गत सेतो पहरा नजिकबाट भ्यान भीरबाट खस्दा मानवीय क्षति समेत भएको प्रत्यक्षदर्शीले बताएका छन् । भ्यान भीरबाट खसेर सडकमा नै आइपुगेको छ।

गाडीमा पाँच जना सवार रहेको बताइएको छ।

घटनास्थलमा थानकोट वृत्तका प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीसहितको टोली पुगि उद्दार गरिरहेको छ । उद्दार कार्यका लागि स्थानीयहरू सहित नेपाली सेनाको टोली समेत परिचालित छ ।

दुर्घटनास्थलमा उद्दार कार्य जारी रहेकोले थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

अपडेट

प्राप्त पछिल्लो विवरण अनुसार दुर्घटनामा २ जनाको ज्यान गएको पुष्टी भएको छ।

प्रहरीका अनुसार बा १० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ  भ्यानमा सवार ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।

सो भ्यानमा कपडा बेच्ने समुहका सदस्यहरू सवार रहेको खुलेको छ ।

तस्बिरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *