सामुदायिक वनमा १३३ रूख काटेको भेटिएपछि उपभोक्ता समितिका पदाधिकारीविरुद्ध उजुरी
थानकोट ।
वृक्षरोपणका नाममा दोलखाको जिरीस्थित दुईवटा सामुदायिक वनमा एक सय ३३ वटा रूख काटेको पाइएको छ।
डिभिजन वन कार्यालयले खटाएको अध्ययन टोलीले एक सय ३३ वटा रूख ढालेको पाइएको पुष्टि गरेको हो।
जिरी नगरपालिका– ९ स्थित ठूलोपातलका झाक्रे चोल्पे र भुसुने सुँगुरे सामुदायिक वनमा वृक्षरोपण गर्ने भन्दै एक सय ३३ वटा रूख ढालिएको पाइएको सबडिभिजन वन कार्यालय जिरीले जनाएको छ। कार्यालयका प्रमुख विष्णु केसीका अनुसार झाक्रे चोल्पेमा ९१ वटा र भुसुने सुँगुरेमा ४२ वटा रूख काटिएको छ।
असार–साउनजस्तो मध्य बर्सातको समयमा वृक्षरोपणका नाममा अनधिकृत तरिकाले सामुदायिक वन फँडानी गरेको भन्दै दुईवटै सामुदायिक वनका केही अगुवा उपभोक्ताले अनुसन्धान गरी कारबाही गर्न डिभिजन वन कार्यालय चरिकोटमा उजुरी दिएका छन् नयाँ पत्रिकामा खबर छ ।











