कीर्तिपुरमा पानी तान्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका १ लहना थाम्बालकी ६७ वर्षीया दिलकुमारी महर्जन रहेकी प्रहरीले जनाएको छ ।
मंगलबार बिहान आफ्नै घरमा पानी तान्ने मोटर चलाउने क्रममा महर्जनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कीर्तिपुर प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *