थानकोटमा श्रृङखलाबद्ध चाेरी, बिहानै चाेरी भयाे ल्यापटप र माेबाइल
थानकोट ।
बिहीबार एकैदिन राजधानीको थानकोट र बनस्थलीमा चोरी भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ बनस्थली ढुङ्गेधारा बस्ने सरोज कृष्ण श्रेष्ठको घरबाट क्यामेरा १ थान, लेन्स १ थान र ल्यापटप १ थान समेत गरी करिब ४ लाख १० हजार रूपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।
यसैगरी चन्द्रागिरि नगरपालिका ७ थानकोट बस्ने गौरा पौडेलको घरबाट ल्यापटप १ थान र ३ थान मोबाइल बिहीबार बिहान चोरी भएको छ ।
घटनाहरुका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
साेमबारपनि थानकोटमा दिउँसै माेटरसाइकल चाेरी भएकाे थियाे ।
थानकोट क्षेत्रमा राति मात्र होइन दिउँसै मोटरसाइकल हराउन थाल्यो














