थानकोट क्षेत्रमा राति मात्र होइन दिउँसै मोटरसाइकल हराउन थाल्यो
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ र ७ क्षेत्रमा चोरीका घटनामा बढ्न थालेका छन् ।
गणेशमान सिंह मार्ग (थानकोट-चित्लङ सडक) क्षेत्रमा श्रृङ्खलाबद्ध चोरीका घटना भइरहेका हुन् ।
केहीदिन चन्द्रागिरि नगरपालिका ०७ घुमाउनेस्थित एक वर्कशप नजिकैबाट रातको समयमा मोटरसाइकल चोरी भएको थियो भने सोहि दिन केही स्थानीय पसल तथा घरमा समेत चोरी भएको बताइएको छ ।
सोमबार भने चन्द्रागिरि नगरपालिका-४ केबलकारचोक नजिकैबाट दिउँसै मोटरसाइकल हराएको छ । घर अगाडी पार्किङ गरि राखिएको अवस्थामा प्रदेश ३-०२-०११प-२२३४ नम्बरको मोटरसाइकल हराएको पिडितले बताए ।
मोटरसाइकल धनी अभि लामा थिङका अनुसार सोमबार बिहान ११ः३० बजेदेखि दिउँसो ३ः३० बजेको बीचमा मोटरसाइकल हराएको हो ।
प्रहरी वृत्त थानकोटले सो मोटरसाइकल खोजी भइरहेको जनाएको छ।














