नगरपालिकाबाट पत्रकारले लिए ५७६ लिटर पेट्रोल

Thankot Times

थानकोट ।

दाङको तुलसीपुर उपमहानगरपालिकाबाट विभिन्न पत्रकार तथा सम्बन्धित संघसंस्थाहरुले इन्धन सुविधा लिएको खुलेको छ । उपमहानगरपालिकाले पत्रकार महासंघ दाङ शाखालाई लिखित रुपमै विवरण उपलब्ध गराएपछि यसबारे खुलासा भएको हो । ‘उपरोक्त सम्बन्धमा नेपाल पत्रकार महासंघ दाङ शाखाको मिति २०८० साउन २२ को पत्रको व्यहोरा अवगत भयो । आव २०७८–०७९ मा नेपाल पत्रकार महासंघ दाङ शाखाको नाममा तुलसीपुर उपमहानगरपालिकाबाट कसैले इन्धन सुविधा नलिएको तर विभिन्न पत्रकार तथा सम्बन्धित संघ संस्थाहरूले इन्धन सुविधा लिएको ब्यहोरा जानकारीका लागि अनुरोध छ’, साउन २५ गते उपमहानगरले लेखेको पत्रमा उल्लेख छ ।

जसअनुसार पत्रकार बसन्त पौडेलले ६०, पत्रकार मेयर संयोजकले ५०, प्रेस सेन्टर नेपालले ५०, ओपेन्द्र बस्नेत मेयर संयोजकले ३०, प्रेस चौतारी दाङले १००, अविरल पोस्टले ६०, नगर प्रवक्ताले ४६, प्रेस चौतारी लुम्बिनी प्रदेशले १०० र स्वतन्त्र पत्रकार महासंघका जित सागर जिएमले ८० गरी कुल ५७६ लिटर पेट्रोल लगेको उल्लेख छ ।

यसरी पत्रकारहरूले पेट्रोल सुविधा लिएको सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा आलोचना भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *