केबलकारमा फसेका ६ जना बालबालिकासहित ८ जनाको हेलिकप्टरबाट उद्धार
थानकोट ।
पाकिस्तानमा मंगलबार स्कुल जान लागे ६ बालबालिकासहित ८ जना केबलकारमा अड्किएका छन्। उनीहरूको निकै प्रयासपछि उद्धार गरिएको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
समाचार पत्र द डनका अनुसार पाकिस्तानको खैबर पख्तनख्वा प्रान्तको बत्ताग्राममा मंगलबार बिहान स्कुल जान लागेका उनीहरू केबलकार बिग्रिएपछि बीचमै फसेका थिए।
उक्त पहाडी क्षेत्रमा गाउँदेखि स्कुलसम्म पुग्न नदीमा पुल र बाटो छैन्। करिब १५० जना विद्यार्थीहरू स्कुल जान केबलकारको प्रयोग गर्ने गर्छन्।
बिहान ८ बजेतिर विद्यालय जाँदा फसेका उनीहरूको साँझ हेलिकप्टरको सहायताले उद्धार सम्भव भएको हो ।












