शंखमुलमा भैंसी आतंक, लठ्याउने सुई दिएर ५ घण्टापछि नियन्त्रण लिइयो भैंसी

Thankot Times

थानकोट ।

बुधबार बिहान शंखमुलस्थित ज्ञान निकेतन स्कूलमा पसेको भैँसी करिब ३ घण्टापछि नियन्त्रणमा लिइएको छ ।

प्रहरी र वन कार्यालयको टोलीले सो भैंसी डार्ट (लठ्याउने सुई) हानेर भैँसी नियन्त्रणमा लिएका हुन् ।

सो भैँसीलाई नियन्त्रणमा लिन प्रहरी र सशस्त्र प्रहरी परिचालित भएका थिए । गलामा दाम्लोसहितको भैंसी मुल सडक देखिएपछि बुद्धनगर, शंखुमल क्षेत्र बुधबार बिहानैबाट आतंकित भएको थियो ।

पाटन क्षेत्रबाट भागेको हुन सक्ने प्रहरीको आशंका छ ।

दाम्लोसहितको भैंसी बुद्धनगरको सडकमा, चन्द्रागिरिकै घटना घट्ने त्रासमा प्रहरी परिचालन


Leave a Reply

Your email address will not be published. Required fields are marked *