मच्छेगाउँनजिकै कुखुराको खोरमा पसेको चितुवा नियन्त्रणको प्रयास जारी (भिडियो)
थानकोट ।
मच्छेगाउँ र कीर्तिपुरको सीमानामा रहेको थापागाउँमा बुधबार राति कुखुराको खोरमा छिरेको चितुवा अझै खोर भित्रै रहेको छ ।
चितुवा नियन्त्रणका लागि जिल्ला वन कार्यालयको टोली, नेपाल प्रहरीको टोली बिहीबार बिहानैबाट खटिएपनि प्रयास सफल हुन नसकेको स्थानीय पत्रकार वीरेन्द्र शाक्यले जानकारी दिनुभयो ।
बुधबार बिहान १ बजे चितुवाले खोरमा रहेका एक पुरुषलाई आक्रमण गर्दा उनी घाइते भएका छन् । उनको अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ । सो क्षेत्रमा बुधबार रातिदेखी नै वृत्त थानकोटबाट प्रहरी खटिएका छन् भने अहिले वृत्त कीर्तिपुरका प्रहरी पनि उद्दारका लागि खटिएको बताइएको छ ।
तस्बिरः वीरेन्द्र शाक्य
मच्छेगाउँ नजिकै चितुवाको आक्रमणबाट एकजना घाइते, चितुवा नियन्त्रणको प्रयास जारी












