दिवंगत अभिनेता सारूक ताम्राकारका बुबा कलाकार सानु ताम्राकारको निधन
थानकोट ।
प्रसिद्ध कलाकार सानु ताम्राकारको निधन भएको छ।
ताम्राकार मृगाैलासम्बन्धी रोगका कारण पछिल्लो एक महिनादेखी नर्भिक अस्पतालमा उपचाररत थिए। जहाँ उनको उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ।
उनी दिवंगत अभिनेता सारूक ताम्राकारका बुवा हुन्।
गत असारमा सारूक काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
उनको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।












